Logo

२०८३, आश्विन २१ गते | Oct 07 2026

पेरिस ओलम्पिक : नेपालका प्रिन्स दाहाल दोस्रो खेलमा पनि पराजित

पेरिस ओलम्पिक : नेपालका प्रिन्स दाहाल दोस्रो खेलमा पनि पराजित

मंगलवार, श्रावण १५ २०८१
मंगलवार, श्रावण १५ २०८१
  • फ्रान्समा जारी पेरिस ओलम्पिकमा नेपालका प्रिन्स दाहालले लगातार दोस्रो हार बेहोरेका छन् ।

    समूह ‘पी’ अन्तर्गत गएराति भएको ब्याडमिन्टन प्रतियोगितामा प्रिन्स आयरल्याण्डका हात गुएनसँग ७–२१ र ५–२१ को सोझो सेटमा पराजित भएका हुन् ।

    प्रिन्सको यस ओलम्पिकमा यो लगातार दोस्रो हार हो । समूह चरणको पहिलो खेलमा उनी डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१–८ र २१–६ को सोझो सेटमा पराजित भएका थिए ।

    अब समूह चरणको अन्तिम खेलमा प्रिन्सले इजरायलका मिसा जिल्बरम्यानसँग बुधबार प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend