Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

आज गौरापर्व मनाइँदै, सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा

आज गौरापर्व मनाइँदै, सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा

आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • सुदूरपश्चिम प्रदेशमा मौलिक पर्व गौराको रौनक छ । गौरा पर्वको मुख्य दिन, आज अठवली अर्थात् अष्टमी हो । यस दिन गौराको पूजाआजा गरी मनाइन्छ ।

    पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान पर्व गौरा पर्वको पहिलो दिन महिलाहरूले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रूपमा सुरुआत गर्दछन् ।

    भदौ शुक्ल पञ्चमीका दिन महिलाहरूले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा बिरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ । भदौ शुक्ल पञ्चमीका दिन बिरुडा भिजाउने चलन रहिआएकाले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरुडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ ।

    पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ । त्यस्तै सप्तमीका दिन गौरा देवीलाई भित्र्याएर पूजाअर्चना गरी विवाहित महिलाहरूले दुवधागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन छ । अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन) मा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ ।

    गौरा पर्वको मुख्य आकर्षणका रूपमा रहेको डेउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्कोलगायतका भाकामा देउडा खेल खेल्ने चलन छ । गौरा पञ्चमीका दिन आरम्भ हुने भए पनि गौरा विसर्जन भने आ-आफ्नै चलनअनुसार गर्ने गरिन्छ ।

    यस्तै, गौरा पर्वको अवसरमा सरकारले आज सुदूरपश्चिममा बिदा दिएको छ । प्रदेश सरकारले थप एक दिन १६ भदौमा पनि बिदा दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend