Logo

२०८३, आश्विन १९ गते | Oct 05 2026

गुटबन्दी अन्त्य गर्ने संकल्प लिएका छाैँ : प्रचण्ड

गुटबन्दी अन्त्य गर्ने संकल्प लिएका छाैँ : प्रचण्ड

सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्ने संकल्प लिइएको बताएका छन् ।

    स्थायी समिति बैठक सकेर पेरिसडाँडाबाट निस्कने क्रममा पत्रकारहरूसँगा कुरा गर्दै प्रचण्डले पार्टीलाई एकताबद्ध बनाउने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गरिएको बताए । 

    उनले लोकतान्त्रिक आन्दोलन र गणतन्त्र सुदृढीकरणमा माओवादी केन्द्रको नेतृत्वदायी भूमिका स्मरण गरे । ‘देशको लोकतान्त्रिक आन्दोलन र गणतन्त्र सुदृढीकरणका लागि हाम्रो पार्टीले सबैभन्दा महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका खेलेको छ,’ उनले भने, ‘पार्टीलाई एकताबद्ध बनाउने चुनौती थियो, त्यो चुनौतीलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौँ ।’

    उनले पार्टी अब एकताबद्ध बनेको र गुटबन्दी अन्त्य गर्ने साझा संकल्पमा पुगिएको दाबी गरे । ‘पार्टी एकताबद्ध भएको छ, हामीले सामूहिक प्रतिबद्धता जनाएका छौँ,’ प्रचण्डले भने, ‘गुटबन्दी अन्त्य गरेर सुदृढ एकता कायम गर्न संकल्प गरेका छौँ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend