बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् ।
आजै केहीबेर अघिमात्रै प्रदेश प्रमुखको कार्यालयले २४ घण्टाको समय दिएर नयाँ सरकार गठनको लागि दाबी पेस गर्न आह्वान गरेको थियो । लगत्तै बानियाँले दाबी पेस गरेका हुन् ।
बहादुरसिंह लामाले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो । सम्भवत: अब बानियाँ नै मुख्यमन्त्री बन्नेछन् । आफ्नै पार्टीका लामालाई अविश्वासकाे प्रस्तावमार्फत उनले संसदीय दलको नेताबाट हटाई मुख्यमन्त्रीबाट राजीनामा दिन बाध्य पारेका थिए ।
