सिन्धुलीको गोलञ्जोर गाउँपालिका– ६, बागेश्वरबाट एउटै घरका १६ जना सम्पर्कविहीन भएपछि खोजी तीव्र पारिएको छ ।
स्थानीय उर्मिला हायुको परिवारका १६ जना रहस्यमय ढंगले बेपत्ता भएको वडाध्यक्ष रविन श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनका अनुसार घरका झ्यालढोका खुलै रहेको र गोठमा चौपाया बाँधिएको अवस्थामा फेलापरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । स्थानीय बासिन्दाका अनुसार आइतबारदेखि सम्पर्कमा नरहेको यो परिवार ऋणमा डुबेको थियो ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेप्टाको उक्त परिवार कसैलाई केही नबताई गाउँबाट सम्पर्कविहीन भएको थियो । उनीहरूको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
“सम्पर्कविहीन परिवारको खोजीकार्य जारी छ भने ९ गते रामेछाप पुगेको लोकेसन देखिएको छ,” एक प्रहरी अधिकृतले बताएका छन् ।
