Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

पर्वतमा पहिरोले घर पुरिँदा श्रीमान-श्रीमती बेपत्ता

पर्वतमा पहिरोले घर पुरिँदा श्रीमान-श्रीमती बेपत्ता

आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • पर्वतकाे मोदी गाउँपालिका– ३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन् ।

    एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका हुन् । उनकी बुहारी ३२ वर्षीया पवित्रा भने पहिरो खस्नासाथ हम्फालेर बच्न सफल भएकाे मोदी– ३ का वडा सदस्य सन्तोष विकले जानकारी दिए ।

    उनकाअनुसार स्थानीयले उद्धारकार्य जारी राखेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र पुगिसकेपछि यथार्थ विवरण आउने जानकारी दिए ।

    गएरातिदेखि पर्वतलगायत आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ । यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend