Logo

२०८३, आश्विन १९ गते | Oct 05 2026

सबै प्रकारका सरकारी भुक्तानी अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्न परिपत्र

सबै प्रकारका सरकारी भुक्तानी अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्न परिपत्र

आइतवार, आषाढ २९ २०८२
आइतवार, आषाढ २९ २०८२
  • अर्थ मन्त्रालयले आगामी साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको छ । 

    अर्थ मन्त्रालयले आज  सबै मन्त्रालय, नेपाल राष्ट्र  बैङ्क, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको हो ।

    केही बोर्ड, समिति र सार्वजनिक संस्थानमा अझै पनि विद्युतीय प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा नभएको पाइएपछि अर्थ मन्त्रालयले परिपत्र गरेको जनाएको हो ।

    आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend