Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

विश्वकप क्वालिफायरका लागि ३२ सदस्यीय क्लोज क्याम्प घोषणा

विश्वकप क्वालिफायरका लागि ३२ सदस्यीय क्लोज क्याम्प घोषणा

आइतवार, आषाढ २९ २०८२
आइतवार, आषाढ २९ २०८२
  • नेपाल क्रिकेट संघ (क्यान)ले टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्यासिफिक क्वालिफायरका लागि ३२ सदस्यीय क्लोज क्याम्पको घोषणा गरेको छ । क्याम्पमा अलराउन्डर मोहम्मद आदिल आलमले कमब्याक गरेका छन् ।

    आदिललाई २०७९ सालमा आयोजित टी-२० लिगमा स्पट फिक्सिङको आरोप लागेपछि निलम्बन गरिएको थियो । तर, अदालतले उनीसहित पाँच खेलाडीलाई आरोप प्रमाणित नहुने भन्दै सफाइ दिएको थियो । त्यसपछि २१ वैशाख २०८२ मा उनको प्रतिबन्ध हटाइएको थियो । प्रतिबन्ध फुकुवापछि आदिल पहिलोपटक क्लोज क्याम्पमा परेका हुन्, जसले उनको राष्ट्रिय टोलीमा पुनरागमनको ढोका खोलिदिएको छ ।

    यसपटक क्लोज क्याम्पमा पछिल्लो समय टोलीबाट बाहिरिएका कुशल मल्ल र सन्दीप जोरासमेत समावेश छन् । यस्तै, युवा खेलाडीहरू रुपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना, शुभ कंसाकार लगायतले पनि स्थान पाएका छन् ।

    नेपालले आगामी अक्टोबरमा ओमानमा हुने टी-२० विश्वकप छनोट खेल्नेछ । समूह २ मा रहेको नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा नाै टोली सहभागी हुनेछन्, जसमा सुपर सिक्स चरणको अन्त्यमा शीर्ष तीन टिमले भारत र श्रीलंकामा सन् २०२६ मा हुने टि-२० विश्वकपका लागि स्थान बनाउनेछन् ।

    518108443_1185931750229870_5225666298900073050_n-1752401276.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend