Logo

२०८३, आश्विन २१ गते | Oct 07 2026

बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त

बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त

सोमवार, श्रावण १४ २०८१
सोमवार, श्रावण १४ २०८१
  • सरकारले तीनवटा प्रदेशमा प्रदेश प्रमुख हेरफेर गरेको छ । बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरिएकाे हाे । 

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गर्ने निर्णय गरेकाे छ । 

    यसअघि बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए । उनीहरूलाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारले नियुक्त गरेकाे थियाे । त्यतिबेला एमालेकाे काेटाबाट नियुक्त भएकाहरूलाई भने यथावत राखिएकाे छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend