Logo

२०८३, आश्विन २१ गते | Oct 07 2026

बागलुङमा प्रभु बैंकले एकै दिन सञ्चालनमा ल्यायो चारवटा नयाँ शाखा

बागलुङमा प्रभु बैंकले एकै दिन सञ्चालनमा ल्यायो चारवटा नयाँ शाखा

सोमवार, श्रावण १४ २०८१
सोमवार, श्रावण १४ २०८१
  • प्रभु बैंकले बागलुङमा एकै दिन चारवटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

    बैंकले बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका– ७, बोवाङ, निसीखोला– ५, निसी, वडिगाड– २, खरबाङ र वडिगाड– ७, भीमगिठे बाग्लुङमा गरी चारवटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

    सञ्चालनमा ल्याइएका सबै शाखाको प्रभु बैंकका संस्थापक अध्यक्ष तथा सांसद देवीप्रकाश भट्टचनले उद्घाटन गरेका हुन् । 

    प्रभु बैंकले आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घरआँगनसम्म सरल र सहज रूपमा बैंकिङ सेवा विस्तार गरेको छ । प्रभु बैंकको यस अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा नै सकारात्मक टेवा पुग्ने विश्वास गरिएको छ ।

    बैंकको बोवाङ शाखा, निसी शाखा, भीमगिठे शाखा र खरबाङ शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाहरूले आधुनिक बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले जनाएको छ ।

    हालसालै मात्र ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०९ शाखा कार्यालयहरू, २८६ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई वित्तीय सेवा प्रवाह गरिरहेको छ । साथै, छोटो समयको अन्तरालमा नै यो बैंक फिनाकल इन्फोसिस इन्नोभेसन गोल्ड– २०२४ अवार्डबाट समेत सम्मानित भएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend