Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

स्पेनकाे बेनिड्रोममा राहदानी शिविर सञ्चालन, २५२ जनाले पाए सेवा

स्पेनकाे बेनिड्रोममा राहदानी शिविर सञ्चालन, २५२ जनाले पाए सेवा

सोमवार, आषाढ २ २०८२
सोमवार, आषाढ २ २०८२
  • विप्लव काफ्ले स्पेन । आलिकान्तेको बेनिड्रोममा दुई दिन चलेको राहदानी घुम्ती शिविरबाट नेपालीले सहजै सेवा पाउँदा खुशी भएका छन् ।

    पहिलो दिन १ सय ७५, दोस्रो दिन ७७ जनाले सेवा लिएका थिए । नेपाली राजदूतावास, म्याड्रिड स्पेनले राहदानी विभागसँगको समन्वयमा गरेको शिविरलाई नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्का, एनआरएनए कोष्टाव्लाङ्काले सहजीकरण गरेका थिए । 

    काल्पे, आल्तेया, कास्पे, आल्भिर, खाबिया, डेनिया, आलिकान्ते, मुर्सिया, टोरटोसा लगायत क्षेत्रमा बस्ने नेपालीहरु आएर सेवा लिएका थिए । राहदानी (पासपोर्ट) बनाउन म्याड्रिड जाने(आउने खर्च र समय बचत हुदा सेवाग्राही उत्साहित थिए । 

    दूतावासबाट द्वितीय सचिव पुरक अधिकारी, सहचारी विपिन चन्द, लक्ष्मण शर्मा, विभागकि ज्योत्सना काफ्ले सहितको टोलिले सेवा प्रवाह गरेको थियो । 

    शिविर संयोजक असिम लोप्चनले उल्लेख्य सहभागीता सहित शिविर सफल बनेको बताए । घरदैलोमै सेवा पाएको प्रतिक्रिया सबैले दिनुभयो, उनले भने, झछिटोछरितो सेवा लिदा सबै खुशी भए ।

    समाजका महासचिव विजय कुँवरले हालसम्मकै व्यवस्थित शिविर हुन पुगेको बताए । गुनासो रहित शिविर बन्यो, टोकन सिस्टमले सहज भयो, उनले भने, बायोमेट्रिक दिएर अधिकाँस उहीँ दिन काममा जान पाए । एनआरएनए कोष्टाव्लाङ्का अध्यक्ष सुरेश बज्राचार्यले शिविरले धेरैको समय र खर्च बचत भएको बताए । कामबाट विदा लिएर घण्टौँ यात्रामा म्याड्रिड पुग्नुपरेन, नजिकै सेवा पाए, उनले भने, क्षेत्रगत वर्षेनी शिविरहरु हुनुपर्छ भन्ने सन्देश पनि हो । समाजका संरक्षक स्मृति गौतमले हेल्प डेस्कमा समाज र एनआरएनए पनि सक्रियहुदा शिवीर व्यवस्थित हुन पुगेको बताइन् । 

    समाजका अध्यक्ष केसरबहादुर थापाले शिविर सञ्चालन गरेकोमा राजदूतावासलाई धन्यवाद दिए । एनआरएनए स्पेनमा उपमहासचिव केशवराज कँडेलले निरन्तरको प्रयासमा छोटो अवधिमै शिविर आयोजना भएपनि उल्लेख्य सहभागीता हुन पुगेको बताए । शिविर यसपालि ऐतिहासिक रह्यो, सेवाग्राहीले कुनैपनि फजुल खर्च गर्नुपरेन, उनले भने, आगामी दिनमा पनि यस्तै व्यवस्थित शिविर हुनेछन् ।

    राजदूतावासको टोलिले छिटोछरितो राहदानी सेवा दिदा सेवाग्राहीहरु प्रफुल्लित भएका थिए । २ सय ५२ जनाले राहदानीका लागि बायोमेट्रिक दिएका थिए ।

    8ca72008-f27b-42db-b085-1a23be8224a8.jpeg

    83335da6-960f-4708-929f-7beb7086ec34.jpeg

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend