पाटन उच्च अदालतले पत्रकार दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
विद्युतीय कारोबार (साइबर अपराध) सम्बन्धी मुद्दामा नेपाल प्रहरीको साइबर ब्युरोले जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको भए पनि उच्च अदालतले सोमबार आदेश जारी गर्दै पाठकलाई तत्काल पक्राउ नगर्न भनेको हो । न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले यस्तो आदेश दिएको हो ।
साइबर ब्युरोले पक्राउको तयारी गरेपछि पाठकका तर्फबाट उनकी पत्नी शिखा प्रसाईंले उच्च अदालतमा निवेदन दर्ता गरेकी थिइन् । सो मुद्दामा वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा, डा. भीमार्जुन आचार्य, अधिवक्ता ओमप्रकाश अर्याललगायतले बहस गरेका थिए ।
