Logo

२०८३, आश्विन २१ गते | Oct 07 2026

संसदीय सुनुवाइ समितिले अनुमोदन नगर्ने भएपछि कृष्णमान प्रधानले फिर्ता लिए नाम

संसदीय सुनुवाइ समितिले अनुमोदन नगर्ने भएपछि कृष्णमान प्रधानले फिर्ता लिए नाम

सोमवार, श्रावण १४ २०८१
सोमवार, श्रावण १४ २०८१
  • निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् ।

    संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने लगभग टुंगो भएपछि प्रधानले नाम फिर्ता लिएका हुन् ।

    प्रचण्ड सरकारका पालामा संवैधानिक परिषद्ले उनको नाम निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । संवैधानिक परिषद्ले गरेको सिफारिस संसदको सुनुवाइ समितिले अनुमोदन गर्नुपर्ने प्रावधान रहेको छ । तर, यौन हिंसाको गम्भीर आरोप लागेपछि उनको नाम संसदीय समितिले अस्वीकृत गर्ने सम्भावना बढेको थियो । संसदीय समितिबाट नाम अनुमोदन नहुने देखेपछि प्रधानले आफैँ नाम फिर्ता लिन भन्दै निवेदन दिएका हुन् । 

    संवैधानिक परिषद्ले उनकाे नाम सिफारिस गरेकाले नाम फिर्ता पनि संवैधानिक परिषद्ले नै लिनुपर्ने हुन्छ । तर उनकाे निवेदन भने संसद सचिवालयमा दर्ता भएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend