Logo

२०८३, आश्विन १९ गते | Oct 05 2026

रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

    वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा उनीहरूविरुद्ध मुद्दा दर्ता भएको हो ।

    यो मुद्दामा प्रहरीले एक महिनाअघि नै अनुसन्धान सकेर सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो । प्रहरीको प्रतिवेदनकै आधारमा सरकारी वकिलको कार्यालयले लामिछानेसहित २९ जनाविरुद्ध अभियोगपत्र दर्ता गरेको हो ।

    सहकारी ठगी मुद्दामा लामिछाने अहिले कारागारमै छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend