Logo

२०८३, आश्विन १९ गते | Oct 05 2026

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

बिहिवार, जेठ २२ २०८२
बिहिवार, जेठ २२ २०८२
  • नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । 

    बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अध्यक्ष नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    पूर्वप्रधानमन्त्रीमाथि नेपालको इतिहासमा पहिलोपटक भ्रष्टाचारको मुद्दा दर्ता भएको हो । नेपाल प्रधानमन्त्री हुँदा पतञ्जली योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । मन्त्रिपरिषद्‌बाट हदबन्दी छुटमा पाएको जग्गा मन्त्रिपरिषद्कै निर्णयबाट बिक्री भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend