Logo

२०८३, आश्विन १९ गते | Oct 05 2026

आयल निगमले बढायाे पेट्रोलियम पदार्थको मूल्य

आयल निगमले बढायाे पेट्रोलियम पदार्थको मूल्य

शनिवार, जेठ १७ २०८२
शनिवार, जेठ १७ २०८२
  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

    शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाइएको हो ।

    भारतबाटै मूल्य बढेर आएकाे भन्दै निगमले मूल्य बढाएकाे हाे । नयाँ मूल्यअनुसार काठमाडाैं उपत्यकामा पेट्राेल १ सय ५९ र डिजेल तथा मट्टीतेल १ सय ४३ रुपैयाँ प्रतिलिटर पुगेकाे छ ।

    निगमले हवाई इन्धनकाे मूल्य भने घटाएकाे छ । हवाई इन्धन प्रतिलिटर आन्तरिकतर्फ ३ र अन्तर्राष्ट्रियतर्फ काठमाडाैंमा २२ अमेरिकी डलरले घटाइएकाे निगमले जनाएको छ ।

    petro-02-17-1748702009.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend