राजसंस्था पुनर्स्थापना र नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै राजावादीहरूले शनिबार पनि काठमाडाैंमा प्रदर्शन गरेका छन् ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार नारायणहिटी दरबारअगाडि प्रदर्शन गर्ने योजना भए पनि शुक्रबार साँझ उक्त क्षेत्रलाई प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपछि राजावादीहरूको जुलुस बालुवाटारतर्फ मोडिएको थियो ।
राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको सरकारी निवास रहेको संवेदनशील क्षेत्र बालुवाटारमा प्रदर्शनकारीहरूले राजा आऊ, देश बचाऊको नारा लगाएका थिए ।
