Logo

२०८३, आश्विन १९ गते | Oct 05 2026

१५ दिनअघि नै भित्रियो मनसुन

१५ दिनअघि नै भित्रियो मनसुन

शुक्रवार, जेठ १६ २०८२
शुक्रवार, जेठ १६ २०८२
  • नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ ।

    जल तथा मौसम विज्ञान विभागले आज विज्ञप्ति जारी गरी यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको जनाएको छ ।

    निर्धारित समयभन्दा १५ दिनअगाडि नै नेपालमा मनसुन भित्रिएको हो । नेपालका अन्य भूभागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समय लाग्‍ने महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार सार्वजनिक गरेको माैसम बुलेटिनअनुसार कोशी प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम दरको मनसुनी वर्षा भइरहेको छ ।

    यस वर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनी जोखिम न्यूनीकरणका लागि राष्ट्रिय कार्ययोजना तयार पारी काम सुरु भइसकेको जनाएको छ ।

    प्राधिकरणका अनुसार यो वर्ष मनसुनी विपद्का कारण देशभर झन्डै ४ लाख ५७ हजार घरधुरीका १९ लाख ९७ हजार मानिस प्रभावित हुनेछन् । 

     
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend