Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

पशुपति र शान्तिश्रीको स्वरमा दुर्गेश थापाको तीज गीत 'झुम्का हरायो' सार्वजनिक

पशुपति र शान्तिश्रीको स्वरमा दुर्गेश थापाको तीज गीत 'झुम्का हरायो' सार्वजनिक

सोमवार, श्रावण १४ २०८१
सोमवार, श्रावण १४ २०८१
  • चर्चीत गायक पशुपति शर्मा र गायिका शान्तिश्री परियारको स्वर समावेश तीज गीत ुझुम्का हरायोु सार्वजनिक भएको छ ।

    गीतमा शब्द तथा संगीत दुर्गेश थापाको छ । गीतको भिडियोलाई पनि दुर्गेश स्वयंले निर्देशन गरेका छन् । गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा दुर्गेशलाई अभिनेत्री प्रियंका कार्कीको अपोजिटमा देख्न सकिन्छ भने दुई जोडी फिचर्ड गीतमा मोडल तथा तिब्बतीयन गायक पेमा लामासँग मोडल टर्न अभिनेत्री गरिमा शर्माले कम्मर मर्काएकी छिन् ।

    युवक र युवतीले आफ्नो आफ्नो फरक किसिमको पीडा र वेदनालाई प्रस्तुत गरिएको शब्द जोडिएको गीतको भिडियोमा दुर्गेश, प्रियंका, पेमा र गरिमाले लोभलाग्दो नृत्य पस्केका छन् ।

    मोडल तथा गीतकार दुर्गेशले आफू रिल र रियल लाइफमा बिल्कुलै फरक रहेको बताए । उनले आफू सधैँ सकारात्मकताको पक्षधर रहेको बताउँदै विगतको परिचय बदलेर नयाँ प्रकारले गीतसंगीतमा क्रियाशील हुने बताए । 

     गीतमा रुपेश थापाको छायाङ्कन छ भने सम्पादन मिलन विश्वकर्माको छ । नाइडोल प्रोडक्सनको तर्फबाट छिरिङ लामाले भिडियोलाई निर्माण गरेकी हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend