Logo

२०८३, आश्विन २० गते | Oct 06 2026

नारायणहिटी दरबार क्षेत्रमा निषेधाज्ञा घोषणा

नारायणहिटी दरबार क्षेत्रमा निषेधाज्ञा घोषणा

शुक्रवार, जेठ १६ २०८२
शुक्रवार, जेठ १६ २०८२
  • जिल्ला प्रशासन कार्यालय काठमाडौंले दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

    राजावादी समूहले शनिबार दरबारमार्गमा प्रदर्शन गर्ने घोषणा गरेपछि प्रशासनले असार २४ गतेसम्मका लागि उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी सूचनामा दरबारमार्ग, केशरमहल र जय नेपाल हल आसपासको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्तिहरू भेला हुन, नारा जुलुस वा धर्ना गर्न निषेध गरिएको उल्लेख छ ।

    प्रशासनले शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै उक्त निर्णय लिएको जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend