बाजुरामा मंगलबार नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक करनसिंह महता र जिपमा सवार बडिमालिका नगरपालिका– ७ का रवीन्द्र धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान बाजुरा सदरमुकामबाट टेलिकमको टावर मर्मतका लागि जगन्नाथ गाउँपालिकातर्फ गइरहेको बा ५ च २२०९ नम्बरको जिप सोही गाउँपालिकाको २ नम्बर वडामा रहेको काँडाकोटमा दुर्घटनामा परेको थियो ।
