Logo

२०८३, आश्विन १९ गते | Oct 05 2026

नेपाल राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट

नेपाल राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट

मंगलवार, जेठ १३ २०८२
मंगलवार, जेठ १३ २०८२
  • नवनियुक्त गभर्नरमा डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध रिट सर्वोच्च अदालतले दर्ता गरेको छ ।

    गत शुक्रबार पेश गरिएको रिट आज दर्ता गर्दै सर्वोच्चले बुधबार पेसीसमेत तोकेको छ ।

    गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दावी सहित गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन पेश गरिएको हो । 

    अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले ऐनको बर्खिलाफ राजनीतिक स्वार्थको व्यक्तिलाई गैर कानुनी तवरले नियुक्ति गरिएको दावी रिट निवेदनमा गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend