Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

पहलगाममा भएको आतङ्कवादी आक्रमणको नेपालले गर्‍यो निन्दा

पहलगाममा भएको आतङ्कवादी आक्रमणको नेपालले गर्‍यो निन्दा

बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ ।

    परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ ।

    'नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ । नेपाल सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछ । यो हाम्रो दृढ अडान हो । आतङ्कवादका यस्ता जघन्य कार्य सर्वदा अनुचित छन्', विज्ञप्तिमा भनिएको छ ।

    भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमणमा परी २६ जनाको ज्यान गएको छभने अन्य १० जना घाइते भएका छन् । उक्त आक्रमणमा परी एक जना नेपालीको पनि मृत्यु भएको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend