Logo

२०८३, आश्विन १९ गते | Oct 05 2026

राप्रपालाई गृहको चेतावनी – अराजकता फैलाउने गतिविधि गर्न खोजे कारबाही हुन्छ

राप्रपालाई गृहको चेतावनी – अराजकता फैलाउने गतिविधि गर्न खोजे कारबाही हुन्छ

शनिवार, बैशाख ६ २०८२
शनिवार, बैशाख ६ २०८२
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निषेधित क्षेत्र तोड्ने भन्दै दिएको चेतावनीप्रति गृह मन्त्रालयले  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    शनिबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले संविधान र कानुनको ठाडो उल्लंघन गरी समाजमा अशान्ति फैलाउने उद्देश्यले गरिने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएको हो ।

    मन्त्रालयले यस्तो कार्य गर्ने व्यक्ति वा समूहलाई कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारेको छ । 'राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२/०१/०७ गतेका दिन प्रचलित कानुनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरू प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ', विज्ञप्तिमा भनिएको छ, 'संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुनबमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।' 

    मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत आग्रह गरेको छ । राप्रपाले आइतबार काठमाडाैंमा प्रदर्शन गर्दै छ । प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडिने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका थिए । 

    WhatsApp-Image-2025-04-19-at-20.11.48-1745073517.jpeg

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend