Logo

२०८३, आश्विन १९ गते | Oct 05 2026

प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच व्यावसायिक सम्झौता

प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच व्यावसायिक सम्झौता

बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • प्रभु बैंक र पोखरा महानगरपालिका– ९, शान्ति वनबाटिकास्थित कृषि बजार व्यवस्थापन समितिबीच व्यावसायिक साझेदारीको लागि सम्झौता भएको छ ।

    कास्की जिल्लालगायत देशका विभिन्न क्षेत्रमा उत्पादित तथा आयातित कृषिउपजहरूलाई कृषि व्यवस्थापन समितिमातहत सञ्चालित स्टलहरूबाट बिक्रीवितरण भइरहँदा दैनिक हुने आर्थिक कारोबारलाई सहज बैंकिङ पहुँचसहित डिजिटल माध्यममा रुपान्तरण गरी व्यावसायिक कारोबारमा सहजीकरण गर्न दुवै संस्थाबीच साझेदारी भएको हो । 

    सोसम्बन्धी सम्झौतापत्रमा कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष नवराज दुवाडी र प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख प्रदेश अधिकृत राजु रानाले हस्ताक्षर गरेका हुन् ।

    कार्यक्रममा समितिका तर्फबाट अध्यक्ष दुवाडीले बैंकप्रति आभार प्रकट गर्दै यो सम्झौताले समितिमातहतका सम्पूर्ण फलफूल तथा तरकारी बजारको दैनिक कारोबारमा सहजता प्राप्त हुने विश्वास व्यक्त गरे ।

    त्यस्तै, बैंकका प्रमुख प्रदेश अधिकृत राजु रानाले यो सम्झौताले डिजिटल सेवामार्फत कृषि बजारको आर्थिक कारोबारमा सहजीकरण हुने विश्वास व्यक्त गरे ।

    उक्त सम्झौताले पोखरा महानगरपालिका– ९, शान्ति वनबाटिकास्थित कृषि बजार व्यवस्थापन समितिअन्तर्गत सञ्चालित व्यवसायीहरूलाई दैनिक कारोबार नगदरहित बनाउने उद्देश्यका साथ क्यूआर कोड, डिजिटल भुक्तानी तथा कारोबारका लागि आवश्यक इन्टरनेट सेवा बैकले उपलब्ध गराउनेछ । यसका साथैे व्यवसाय विस्तारका लागि प्रभु बैंकले बैंकका व्यवसायीहरूको आवश्यकतालाई मध्यनजर गर्दै बैंकको नियमानुसार कर्जा सुविधासमेत उपलब्ध गराउने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend