Logo

२०८३, आश्विन २० गते | Oct 06 2026

२७ सयनजिक पुग्यो नेप्से

२७ सयनजिक पुग्यो नेप्से

बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • शेयर बजारमा सामान्य वृद्धि भएको छ । बजारमापक परिसूचक नेप्से बुधबार ९.७५ अंक बढेर २६९८.९७ को बिन्दुमा पुगेको छ । 

    बुधबार दुईपटक नेप्से २७०० माथि पुगेर फेरि तल झरेको हो । सवा ११ बजे र साढे २ बजे नेप्से २७०० नाघेको थियो । तर, उतारचढावपूर्ण बजारमा बजार बन्द हुने समयमा मात्र ९ अंकको वृद्धि भयो । 

    बुधबार दुईपटक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोको मूल्य १० प्रतिशतले बढ्यो भने अन्य तीनवटा कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको थियो । 

    १७४ कम्पनीको शेयरमूल्य बढ्दा ९७ कम्पनीको शेयरमूल्यमा भने गिरावट आयो । दुई कम्पनीको मूल्य यथावत् रह्यो । बुधबार ७ अर्ब २६ करोड रुपैयाँबराबरको कारोबार भएको छ  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend