Logo

२०८३, आश्विन १९ गते | Oct 05 2026

प्रभु बैंक र गोरखा गार्डन होटेलबीच छुट सम्झौता

प्रभु बैंक र गोरखा गार्डन होटेलबीच छुट सम्झौता

बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • प्रभु बैंक र गोरखा गार्डन होटेलबीच छुट सम्झौता भएको छ ।

    बैंकका कर्मचारी तथा ग्राहकलाई लक्षित गरी उपलब्ध सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

    गोरखा गार्डन होटेलका तर्फबाट अध्यक्ष सुरेन्द्र कुवँर र प्रभु बैंकको तर्फबाट बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे ।

    सम्झौताअनुसार, प्रभु बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युती माध्यमबाट बिल भुक्तानी गर्दा गोरखा गार्डन होटेलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जनलगायत सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    गोरखा गार्डन होटेलसँगको साझेदारीले गोरखाको पर्यटनको प्रवर्धन हुनुका साथै प्रभु बैंकका ग्राहक लाभान्वित हुने बैंकको विश्वास छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend