Logo

२०८३, आश्विन २० गते | Oct 06 2026

संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य

संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य

मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन् । 

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    यसअघि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको दुवै सदनको चालु अधिवेशन १९ चैतको राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend