Logo

२०८३, आश्विन १९ गते | Oct 05 2026

एनएसएल : पहिलो खेलमा काठमाडौं र ललितपुरको बराबरी

एनएसएल : पहिलो खेलमा काठमाडौं र ललितपुरको बराबरी

आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा शनिबार साविक विजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सले बराबरी खेलेका छन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सुरु भएको तेस्रो संस्करणको उद्घाटन खेलमा ललितपुर र काठमाडौंले २–२ को बराबरी खेलेका हुन् । 

    ललितपुरका जनाथन इडुआर्डो र आदित्य शाक्यले गोल गरे भने काठमाडौंका ओमोडोउ डिओप र भिन्सेन्टले गोल फर्काए । ललितपुरलाई खेलको पाँच मिनेटमै विदेशी खेलाडी जनाथनले सुरुवाती अग्रता दिलाएका थिए । १४औं मिनेटमा ललितपुरले अग्रता दोब्बर बनाएको थियो । 

    ७५औं मिनेटमा डिओपले गोल गर्दै काठमाडौंलाई खेलमा फर्काए । वैकल्पिक खेलाडी जेलेस्पिजंग कार्कीले उपलब्ध गराइदिएको बललाई डिओपले गोलमा परिणत गरेका हुन्।  इन्जुरी समयमा भिन्सेन्टले पेनाल्टीमार्पत गोल गर्दै काठमाडौंलाई हारबाट जोगाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend