Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

आज फेरी दुई युवा लडे

आज फेरी दुई युवा लडे

आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • - शाम्भवी बाशिष्ठ

    देश निर्माण का दुई साना खम्बा ढले,
    पायो कस्ले के ?
    बिगतमा पनि धेरै पटक धेरै आमा वाबुका छोरा छोरीको रगत को खोला बगाएर, 
    देशका कैयन संरचना बिगारेर धेरै परिवर्तनहरू भए । 

    हामी स्वतन्त्र भयौॅ,
    मनमा लागेको कुरा निष्फिक्री व्यक्त गर्न सक्ने भयौॅ,
    तर पनि परिवर्तनले ठूलो परिवर्तन ल्याउन सकेन,
    वेरोजगारी बढेकै छ युवा बिदेशिएकै छन्,
    देशको आर्थिक अवस्थामा तात्विक सुधार छैन,
    आर्थिक लगानीकर्तालाई त्रास छॅदै छ, 
    अनि खै त ति हजारौॅको बलिदान को अर्थ,
    पाए त ती आत्माहरूले शान्ति ?

    अब फेरी यो तन्त्र र त्यो तन्त्र भनेर हामी आफै आफैमा द्वन्द्व गर्न थाल्यौ,
    तर हेरिसक्यौ जुन तन्त्र आएपनि हामी सडकमा उत्रने ले केही पाउने होइन,
    केही पाएका छन त मात्र सडकमा उतार्नेहरूले, 
    अब हामीले नै सोच्नुपर्ने हो की कतै हामीले आफ्नो मताधिकारको सही प्रयोग गर्न नजानेका त होइनौ,
    सधै सधै एकआपसमा युद्ध गरेर ज्यान दिने लिने भन्दा नेतृत्व चयन गर्दा सचेत हुने की !

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend