Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

पद्मकन्या क्याम्पसमा नेविसंघको बागी प्यानलै विजयी

पद्मकन्या क्याम्पसमा नेविसंघको बागी प्यानलै विजयी

शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • पद्मकन्या क्याम्पस (पीके) को स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार भूपेश्वरी ऐर निर्वाचित भएकी छन् ।

    नेविसंघले पीकेमा पूर्णिमा परियारलाई उम्मेदवार बनाएको थियो । तर, बागी उम्मेदवारी दिएकी ऐर प्यानलैसहित निर्वाचित भएकी हुन् । सचिवमा ऐर समूहबाटै सन्ध्या बस्यालले र कोषाध्यक्षमा संकल्पिका थापाले निर्वाचित भएका छन् ।

    यस्तै सदस्यहरूमा उर्वशी पाण्डे, चेतना महर्की, अस्मिता विक, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की, र यानसु कटवला निर्वाचित भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend