Logo

२०८३, आश्विन २० गते | Oct 06 2026

चार देशीय सिरिजमा हङकङमाथि नेपाल ६ विकेटले विजयी

चार देशीय सिरिजमा हङकङमाथि नेपाल ६ विकेटले विजयी

शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।

    जारी चार देशीय सिरिज अन्तर्गत हङकङले दिएको १०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । 

    नेपालका लागि सम्झना खड्काले सर्बाधिक ४७ रन बनाएकी थिइन् भने पुजा महतोले अविजित २०, कप्तान इन्दु बर्माले १८ रन बनाएकी थिइन् ।    

    यसअघि हङकङले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाउदै १०४ रन बनाएको थियो ।

    हङकङका लागि शनजीन शाहजादले सर्बाधिक ५४ रन बनाएकी थिइन् भने नेपाली बलर राजमती ऐरीले ३ विकेट लिएकी थिइन् ।

    योसँगै नेपाल यस सिरिजमा चौथो भएको छ र अब तेस्रो स्थानको लागि आइतबार खेल्ने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend