Logo

२०८३, आश्विन २० गते | Oct 06 2026

गणतन्त्रको विकल्प राजतन्त्र होइन : शंकर पोखरेल

गणतन्त्रको विकल्प राजतन्त्र होइन : शंकर पोखरेल

शुक्रवार, फाल्गुण २३ २०८१
शुक्रवार, फाल्गुण २३ २०८१
  • सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । गुनासा र असन्तुष्टि भए पनि राजतन्त्र गणतन्त्रको विकल्प बन्न नसक्ने उनको भनाइ छ ।

    शुक्रबार फेसबुकमा एक स्टाटस लेख्दै पोखरेलले नेपाली जनताले अढाइ सय वर्षसम्म राजतन्त्रको कर्म भोगेको टिप्पणी गरेका छन् । उनले राजतन्त्रको नाममा आफ्नो अमूल्य समय खेर नफाल्न पनि आग्रह गरेका छन् ।

    'गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान् । तर, गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन । अढाइ सय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो । जन आन्दोलनवाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर नफालौँ,' उनले फेसबुकमा लेखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend