वजार व्यवस्थापन तथा विक्रि कर्मचारी संघ, ओम्स नेपाल, नारायणी ईकाई कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
वजार व्यवस्थापन तथा विक्रि कर्मचारी संघ, ओम्स नेपालका केन्द्रिय अध्यक्ष सुर्य पराजुलीको प्रमुख आतिथ्यतामा फागुन १७ गते शनिवार उद्योग वाणिज्य संघ, चितवनमा प्रथम अधिवेशन सम्पन्न भएको हो ।
ओम्स नेपाल, नारायणी कमिटिको प्रथम अधिवेशन प्रमुख अतिथिबाट दिप प्रज्वलन गरी उद्घाटन गरिएको थियो भने अध्यक्षद्वारा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै शुभकामना मन्तव्यसहित सुरु गरिएको थियो ।
अधिवेशन कार्यक्रममा विशिष्ट अतिथी उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष नारायण प्रधानको उपस्थिति रहेको थियो । साथै अतिथिको रुपमा विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति समेत रहेको थियो ।
अधिवेशन कार्यक्रमबाट रामबाबु घिमिरेको अध्यक्षतामा वजार व्यवस्थापन तथा विक्रि कर्मचारी संघ, ओम्स नेपाल, नारायणी ईकाई कमिटीको आगामी २ वर्ष कार्यकालको लागि १७ जनाको नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको नवनिर्वाचित कोषाध्यक्ष कैलाश पोखरेलले जानकारी दिनुभयो ।
नयाँ कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्ष विनोद सापकोटा, महिला उपाध्यक्ष माया श्रेष्ठ, सचिव रामहरी कोईराला, अतिरिक्त सचिव कृष्ण आचार्य, संगठन सचिव प्रकाश पौडेल, प्रचारप्रसार सचिव प्रभाकर ढुङ्गाना र कोषाध्यक्ष कैलाश पोखरेल निविरोध चुनिएका हन् । साथै ९ जना सदस्यसमेत निविरोध चुनिएका पोखरेलले बताउनुभयो ।
