कोसी ब्यारेजबाट कोसी नदीमा यात्रुवाहक बस खसेको छ ।
विराटनगरबाट गाइघाट जाँदै गरेको यात्रुवाहक बस खसेको हो । सुनसरी र सप्तरीको सिमानामा रहेको कोसी ब्यारेजबाट बस खसेको जनाइएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारीका अनुसार २० जनाको उद्धार भएको छ । बसमा कति यात्रु थिए भन्ने पुष्टि भएको छैन । सीडीओ रामचन्द्र तिवारीका अनुसार बिहीबार साँझ बस खसेको अनुमान छ । बस अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको हो ।
घटनास्थलमा पुगेका स्थानीय सञ्चारकर्मी मिकाइल आलामका अनुसार बसमा २० जना सवार थिए । सबैको उद्धार भएको छ । ब्यारेजको ३४/३५ नम्बर ढोका छेउबाट अनियन्त्रित भई बस खसेको थियो ।
