Logo

२०८३, आश्विन १९ गते | Oct 05 2026

वाग्मतीसहित चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

वाग्मतीसहित चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

शुक्रवार, श्रावण ११ २०८१
शुक्रवार, श्रावण ११ २०८१
  • मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनेछ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ ।

    आज राति देशभर बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ ।

    महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी  प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुइ स्थानमा हल्का वर्षा भइरहेको छ ।

    आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend