Logo

२०८३, आश्विन २० गते | Oct 06 2026

यस्ताे छ आजकाे तरकारी तथा फलफूलहरुको मूल्य

यस्ताे छ आजकाे तरकारी तथा फलफूलहरुको मूल्य

बिहिवार, श्रावण १० २०८१
बिहिवार, श्रावण १० २०८१
  • कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । 

    सार्वजनिक मूल्य अनुसार आज लोकल गोलभेंडा प्रतिकिलो २७ रुपियाँ रहेको छ, जुन हिजो २५ रुपियाँ थियो । त्यसैगरी, ठूलो गोलभेंडा ५ रुपियाँले बढेर ७५ रुपियाँ कायम भएको छ । 

    त्यसैगरी, बुधबार ४७ रुपियाँमा किनबेच भएको लोकल बन्दा आज ४५ मा बिक्री हुँदैछ । त्यस्तै, १३५ रुपियाँ रहेको मकैबोडी आज १० रुपियाँ घटेर १२५ मा कारोबार भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

    बिहीबार कालिमाटीमा अधिकांश तरकारीको मूल्य सामान्य घटेको छ । मूल्य घट्नेमा घिउसिमी, लौका, करेला, परवर, चिचिन्डो, पाकेको फर्सी, घिरौंला, रायोको साग, पिँडालु, भिन्डी आदि रहेका छन् । 

    विस्तृतमा हेर्नुहाेस आजकाे तरकारी तथा फलफूलहरुको मूल्य

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend