Logo

२०८३, आश्विन १९ गते | Oct 05 2026

विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्ति नगर्न मानव अधिकार आयाेगकाे निर्देशन

विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्ति नगर्न मानव अधिकार आयाेगकाे निर्देशन

बुधवार, श्रावण ९ २०८१
बुधवार, श्रावण ९ २०८१
  • राष्ट्रिय मानव अधिकार आयोगले लोकतन्त्रको भावना र संविधानको मर्मविपरीत हुने गरी विभिन्न विषयमा विवादमा आएका व्यक्तिहरूलाई सार्वजनिक निकायमा नियुक्ति नगर्न/नगराउन सरकारलाई निर्देशन दिएकाे छ । 

    निर्वाचन आयाेगकाे आयुक्तका लागि याैन हिंसाकाे आराेप लागेका कृष्णमान प्रधानका बारेमा संसदीय सुनुवाइ चलिरहँदा आयाेगले यस्ताे निर्देशन दिएकाे हाे । 

    विभिन्न सार्वजनिक निकायका उच्च पदहरूमा फौजदारीलगायत विभिन्न अभियोगमा राज्यको कारबाही तथा छानबिन प्रक्रियामा रहेका एवम् सामाजिक र नैतिक रूपमा विवादित व्यक्तिहरूलाई नियुक्ति सिफारिस गरेको र नियुक्ति गर्ने क्रममा रहेको जानकारी प्राप्त भएको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको आयाेगले जनाएकाे छ ।

    हेर्नुहाेस् आयाेगकाे विज्ञप्ति :

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend