Logo

२०८३, आश्विन २० गते | Oct 06 2026

सौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु

सौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु

बुधवार, श्रावण ९ २०८१
बुधवार, श्रावण ९ २०८१
  • काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । 

    काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९ एन-एएमई जहाज बुधबार बिहान ११ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको हो ।

    दुर्घटनामा को-पाइलट एस कटुवाल, एयरलाइन्सका कर्मचारीहरू अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, आश्विन निरौला र सुदीपलाल जोशीको मृत्यु भएको छ ।

    यसैगरी, दुर्घटनामा सौर्य एयरलाइन्सकै कर्मचारीहरू सर्वेश मरासिनी, श्याम विन्दुकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको नेपाल नागरिक उड्‌डयन प्राधिकरणले जनाएको छ ।

    शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको काठमाडौं उपत्यका काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।    

    जहाजका पाइलट मनिषरत्न शाक्यको भने जीवितै उद्धार गरिएको छ । शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । 

    क्यानको विज्ञप्ति:

    bigyapti-1721805634.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend