Logo

२०८३, आश्विन १८ गते | Oct 04 2026

संगीतकार भुवन महर्जनकाे 'तिम्रो स्पर्श' सार्वजनिक

संगीतकार भुवन महर्जनकाे 'तिम्रो स्पर्श' सार्वजनिक

मंगलवार, भाद्र ४ २०८१
मंगलवार, भाद्र ४ २०८१
  • मगन इन्टरटेन्मेन्टको निर्माणमा गायक तथा संगीतकार भुवन महर्जनले ‘तिम्रो स्पर्श’ नामको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

    कीर्तिपुर सिनेप्लेक्स हलमा भएको प्रिमियर कार्यक्रम समारोहमा क्रसरोड ब्याण्डका वरिष्ठ गायक सञ्जय श्रेष्ठ प्रमुख अतिथि थिए ।

    कार्यक्रममा किपु नगरपालिका वडा नम्बर २ की कार्यवाहक अध्यक्ष शर्मिला श्रेष्ठ महर्जन विशेष अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो भने चर्चित गायक प्रार्थना शाक्य, रोजमान महर्जन, मनोजकुमार महर्जन र रोहन महर्जनको उपस्थिति थियो ।

    उद्घाटन समारोहमा प्रमुख अतिथि वरिष्ठ गायक सञ्जय श्रेष्ठले म्युजिक भिडियोका प्राविधिक, कलाकार र समर्थकलाई सम्मान गरेका थिए ।

    भुवन महर्जनको गीत “तिमरो स्पर्श” को गायक, लेखक तथा संगीतकार भुवन महर्जन हुन् भने द भ्वाइस अफ नेपाल सिजन ४ का प्रतियोगी प्रिजोल नेपालीको संगीत तथा संगीत संयोजन रहेको गीतको रेकर्डिङ प्रिन्स नेपाली सारंगी स्टुडियोमा भएको हो ।

    म्युजिक भिडियोको छायांकन, सम्पादन र निर्देशन रजिन महर्जनले गरेका छन् भने म्युजिक भिडियोमा राष्ट्रिका शाक्य र समिशन जीसिको अभिनय रहेको छ । म्युजिक भिडियो मगन इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्बजनिक भएको हो ।

    भिडियो हेर्नुहोस :

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend