Logo

२०८३, आश्विन २० गते | Oct 06 2026

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानमा  भारी वर्षाको सम्भावना

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानमा  भारी वर्षाको सम्भावना

बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ ।

    देशभर साधारणतया बदली रहँदा मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोसी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा  भारी वर्षाको पनि सम्भावना छ । 

    विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । वाग्मती र गण्डकी प्रदेशका केही तथा बाँकी  प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend