Logo

२०८३, आश्विन २१ गते | Oct 07 2026

काठमाडौंका लागि उडेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

काठमाडौंका लागि उडेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

मंगलवार, श्रावण २९ २०८१
मंगलवार, श्रावण २९ २०८१
  • पोखराबाट बिरामी लिएर काठमाडौंका लागि उडेको हेलिकोप्टर धादिङमा आकस्मिक अवतरण गरेको छ ।

    ठूलो पानी परेको र बादलले गर्दा मौसममा खराबीका आएका कारण धादिङको थाक्रे गाउँपालिका-७, आठकिलो भन्ने ठाउँमा हेलिकोप्टर सुरक्षित अवतरण गराइएको हो ।

    पोखराको मणिपाल अस्पतालबाट दमका बिरामी बोकेर काठमाडौं आउँदै गरेको कैलास हेलिकोप्टर सर्भिसेजको ९ एन–एएमएल हेलिकोप्टर खाली चौरमा अवतरण भएको थाक्रे गाउँपालिका–७ का वडाध्यक्ष युवराज खतिवडाले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले खराब मौसमका कारण काठमाडौंतर्फ जान जोखिम देखिएपछि पाइलटले सुरक्षित ठाउँमा अवतरण गराएको जानकारी प्राप्त भएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend