Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

झापामा थप बाह्र सय हेक्टर जमिनमा सिँचाइ सुविधा

झापामा थप बाह्र सय हेक्टर जमिनमा सिँचाइ सुविधा

मंगलवार, श्रावण २९ २०८१
मंगलवार, श्रावण २९ २०८१
  • झापा भूमिगत जलसिंचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिंचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ ।

    जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०/८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिंचाइ सुविधा थप भएको छ । योसँगै झापामा ६ सय हेक्टर जमिनमा किसानको पहुँच पुगेको हो ।

    आयोजनाका सूचना अधिकारी ईश्वर थापाका अनुसार गत आवका लागि विनियोजित रु १० करोड ४५ लाखको वित्तीय प्रगति शतप्रतिशत हुनुका साथै भौतिक प्रगति एक सय ३४.१७ प्रतिशत रहेको छ । गत आवमा विनियोजित बजेटमा आयोजनाले लिएको लक्ष्यभन्दा बढी काम भएकाले भौतिक प्रगति बढेको छ ।

    गत आवमा कृषि उत्पादन बढाउन नदी तथा नहरबाट सिंचाइ सुविधा नपुगेका खेतबारीमा भूमिगत सिंचाइ प्रणलीका माध्यमबाट सिंचाइ पुर्याउन १५ डिपट्युबवेल निर्माण र १७ वटा संरचाना निर्माण सम्पन्न भएको सूचना अधिकारी थापाले बताए । 

    “आव २०७९/८० देखि २०८३/८४ सम्म पाँच वर्षमा सात हजार हेक्टर जमिनमा भूमिगत सिंचाइ सुविधा पुर्याउने लक्ष्य राखेको आयोजनालाई बजेट अभाव हुँदा विगत दुई वर्षमा लक्ष्यअनुसार प्रगति हुनसकेको छैन”, उनले भने । 

    आयोजनाका अनुसार भूमिगत सिंचाइका लागि पाँच वर्षमा रु दुई अर्ब ५१ करोड १२ लाख बजेट लाग्ने अनुमान छ । दुई आर्थिक वर्ष सकिँदा आयोजनाको वित्तीय १४ प्रगति र भौतिक प्रगति १८.८६ प्रतिशत छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend