Logo

२०८३, आश्विन २१ गते | Oct 07 2026

नेप्सेको कारोबारमा रेकर्ड, नेप्से ७०.८१ अंकको वृद्धि

नेप्सेको कारोबारमा रेकर्ड, नेप्से ७०.८१ अंकको वृद्धि

सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  • नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कारोबार ‘रेकर्ड’ ब्रेक गरेको छ ।

    हालसम्मकै उच्च कारोबार भएको दिन बजारमा पनि उच्च अंकले बढेको छ । कारोबार रकममा हालसम्मकै उच्च रहेको छ ।

    अलटाइम रेकर्ड कारोबार भएको दिन सोमबार ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता शेयर २७ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । यसअघि आइतबार २५ अर्ब २७ करोडको कारोबार भएको थियो ।

    २० कम्पनीको शेयरमूल्य सर्किट लेभलमा वृद्धि हुँदा बजार मापक परिसूचक नेप्से ७०.८१ अंकले बढेर २९३१.३५ अंक पुगेको छ । यो अंक पछिल्लो ३० महिनायताकै उच्च हो । 

    सोमबार १७१ कम्पनीको शेयरमूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ । यस्तै तीन कम्पनीको मूलय यथावत रहेको छ । 
    सोमबार बैंकिङ २.९५, विकास बैंक ३, फाइनान्स ४.८१, होटल तथा पर्यटन २.९४, हाइड्रोपावर ३.४३, जीवन बीमा ५.८५, माइक्रोफाइनान्स १.०८, निर्जीवन बीमा २.९७, अन्य १ र ब्यापार उपसमूह ४.१३ प्रतिशतले बढेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend