Logo

२०८३, आश्विन २० गते | Oct 06 2026

हुप्सेकोट गाउँपालिकामा किशोरावस्था पोषण सुधारका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

हुप्सेकोट गाउँपालिकामा किशोरावस्था पोषण सुधारका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  • गण्डकी प्रदेशको हुप्सेकोट गाउँपालिकामा किशोर अवस्थाका विद्यार्थीहरूको पोषण, खाद्य सुरक्षा, र सरसफाइमा सुधार ल्याउने उद्देश्यका साथ नविनतम समाज विकास संस्थाले एक वर्षीय कार्यक्रमको शुभारम्भ गरेको छ ।

    एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी कार्यक्रम अन्तर्गतको सहयोगमा सञ्चालन गर्न लागिएको हो ।

    हुप्सेकोट गाउँपालिकाको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पूर्ण सिं राना मगरको अध्यक्षतामा जनप्रतिनिधिहरू, सरकारी अधिकारीहरू, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षकहरू, स्वास्थ्य अधिकृतहरू तथा पोषण क्षेत्रमा कार्यरत ५० भन्दा बढी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

    उपाध्यक्ष राना मगरले हुप्सेकोटमा यो कार्यक्रमको अत्यन्तै आवश्यकता रहेको र कार्यक्रम सञ्चालनमा गाउँपालिकाको पूर्ण सहयोग रहने बताउनुभयो । विद्यालयका शिक्षक प्रतिनिधिहरूले कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विभिन्न सुझावहरू राख्नुभयो ।

    कार्यक्रम संयोजक राजन भण्डारीले यस कार्यक्रमलाई विद्यार्थीहरूलाई नै परिचालित गरेर सञ्चालन गरिने जानकारी दिनुभयो । कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूको पोषण स्तरमा सुधार ल्याउँदै स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्नु रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend