Logo

२०८३, आश्विन २१ गते | Oct 07 2026

ग्लोबल टी-२० लिगमा रोहितआबद्ध टोरोन्टोले जित्यो उपाधि

ग्लोबल टी-२० लिगमा रोहितआबद्ध टोरोन्टोले जित्यो उपाधि

सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  • क्यानडाको ग्लोबल टी-२० लिगको उपाधि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलसम्मिलित टोरोन्टो नेसनल्सले जितेको छ ।

    ब्रान्पटनमा भएको फाइनलमा मोन्ट्रियल टाइगर्सलाई आठ विकेटले पराजित गर्दै टोरोन्टो  नेसनल्सले ग्लोबल टी-२० लिगको उपाधि जितेको हो । फाइनल खेलमा रोहित भने बेन्चमा थिए ।

    मोन्ट्रियलले दिएको ९७ रनको सामान्य लक्ष्य टोरोन्टोले १५ ओभरमा २ विकेटको क्षतिमा भेट्टाएको हो । टोरोन्टोका लागि आन्द्रेस गोसले ५८ र रासेइ भान डेर डुसेनले ३० रनको योगदान दिए । आन्द्रेसले ४९ बलमा ५८ रन जोडेका थिए । 

    मोन्ट्रियलका अजमतुल्लाह ओमर्जाई र कोर्बिन बोशले १-१ विकेट लिए ।

    त्यसअघि पहिले ब्याटिङ गरेको मोन्ट्रियलले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९६ रनको योगफल तयार पारेको थियो । मोन्ट्रियलका लागि कोर्बिन बोशले सर्वाधिक ३५ रनको योगदान दिए । यस्तै, जसकरण सिंहले १६ र अनुप रविले १० रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंक जोड्न सकेनन् ।

    टोरोन्टोका जसन बेहरेन्डोर्फ ३, रोमारिओ शेफर्डले २ तथा जुनैद सिद्दिकी,  मोहम्मद नवाज, निखिल दत्त र जतिन्दरपाल मथारुले समान १-१ विकेट लिए ।

    फाइनलमा जसन बेहरेन्डोर्फ प्लेर अफल म्याच घोषित भए । नेपाली कप्तान रोहित डेब्यु प्रतियोगितामै च्याम्पियन बन्न सफल भए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend