विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणलाई उद्योगहरूमा काटिएकाे बिजुलीकाे लाइन जोड्न निर्देशन दिएको छ ।
आइतबार बसेको आयोगको बैठकले प्राधिकरणलाई उद्योगहरूको विद्युत लाइन जोड्न लिखित निर्देशन दिएको आयोगका अध्यक्ष रामप्रसाद धितालले जानकारी दिए ।
उनका अनुसार नियमन आयोगले एक वर्ष पहिला जारी गरेको कानुनी व्यववस्था कार्यान्वयनका लागि प्राधिकरणलाई निर्देशन दिइएकाे हाे ।
यसअघि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत लाइन जाेड्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका थिए ।
