Logo

२०८३, आश्विन २१ गते | Oct 07 2026

मोतिहारी-बारा-अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा

मोतिहारी-बारा-अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा

शुक्रवार, श्रावण १८ २०८१
शुक्रवार, श्रावण १८ २०८१
  • नेपाल–भारत सहयोगमा निर्माणाधीन मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम प्रायः पूरा भएको छ । नेपाल आयल निगमले उक्त परियोजनाको ९० प्रतिशत काम पूरा भएको जनाएको छ । 

    निगमको मधेस प्रदेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायका अनुसार मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको मुख्य ट्यांकी चार हजार एक किलोलिटर क्षमताका दुईवटा ट्यांकी निर्माण पूरा भएको तथा अन्य प्राविधिक काम दुई महिनाभित्र सम्पन्न गर्नेगरी काम भइरहेको छ । 

    पेट्रोलियम पदार्थको भण्डारणसँगै पाइपलाइन जडानकार्य पनि अन्तिम चरणमा पुगेको छ । परियोजनामा सरकारको एक अर्ब ५४ करोड तथा भारत सरकारको ६० करोड रुपैयाँ लगानी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend