Logo

२०८३, आश्विन २१ गते | Oct 07 2026

राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा सिन्दूर, टिका र राष्ट्रियता झल्कने पोसाक लगाउन पाइने

राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा सिन्दूर, टिका र राष्ट्रियता झल्कने पोसाक लगाउन पाइने

बिहिवार, श्रावण १७ २०८१
बिहिवार, श्रावण १७ २०८१
  • राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा अब आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पोशाक र पहिरन लगाउन मिल्ने भएको छ ।

    यसअघि सिन्दूर, टिका समेत हटाएर फोटो खिच्न लगाइएको भन्दै आलोचना भएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा नपर्ने जनाएको हो ।

    विभागले राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्विविधा हटाई सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन मातहतका सबै निकायलाई निर्देशन दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend