Logo

२०८३, आश्विन २१ गते | Oct 07 2026

बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखहरूको शपथ ग्रहण आज

बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखहरूको शपथ ग्रहण आज

बिहिवार, श्रावण १७ २०८१
बिहिवार, श्रावण १७ २०८१
  • बागमती, लुम्बिनी र कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूको शपथग्रहण आज हुँदै छ ।

    सत्ता समीकरण फेरिएसँगै सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको हो ।

    आज साँझ ५ बजे राष्ट्रपति निवास शीतल निवासमा शपथग्रहण हुने गरी कार्यक्रम तय गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बागमतीमा दीपक प्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियक्त गरेका थिए ।

    सोमबारको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई प्रदेश प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो । यी तीन प्रदेशमा यसअघि यादव चन्द्र शर्मा, अमिक शेरचन र तिलक परियार प्रदेश प्रमुख थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend